अस्ट ज द्वारा शैक्षीक सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

दमौली,२० फागुन

अमेरीकाको हवाई र काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जद्वारा व्यास-०५, चुदेर स्थित पद्म प्रावि र व्यास ६, देउराली स्थित देउराली प्रविमा शैक्षीक सामाग्री वितरण गरिएको छ। Education International Foundation providing education needs for under privileged school children कार्यक्रम अन्तरगत अस्ट ज बाट सयुक्त रुपमा ति विद्यालयका २६ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षीक सामाग्री वितरण गरीएको व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्र प्रसाद रेग्मीले बताउनुभयो । त्यस क्रममा पद्म प्राविका ९ जना र देउराली प्राविका १७ जना विद्यार्थीलाई प्रमुख अतिथिको आशनबाट व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शैक्षीक सामाग्री प्रदान गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख न्यौपानेले शैक्षीक क्षेत्रको विकास अपरिहार्य रहेको चर्चा गर्दै अस्ट ज द्वारा चुदेर र देउरालीमा गरिएको सहयोग प्रशंसनिय रहेको चर्चा गर्नुभयो ।

        सामुदायीक विद्यालयहरुमा विद्यार्थीको आकर्षण घटेको भनेर गुनासो बढीरहेको अबस्थामा यस्ता सामाजीक संस्थाबाट गरिएका सहयोगले अभिभावक र स्थानीयलाई विद्यालयको विकास प्रति सक्रिय रहदा रहदै थप जिम्मेबार बनाएको बताउनुभयो ।  पद्मा प्रावि व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर मगरको सभापतित्वमा भएको शैक्षीक सामाग्री वितरण कार्यक्रममा रोटरीयन क्या.सुर्यकुमार मल्ल, दिनेश श्रेठ, व्यास-०५ वडा सदस्य लक्ष्मी वि.क,  देउराली प्राविका अध्यक्ष प्रेम बहादुर हमाल,सिता देवी लम्साल, अमर बहादुर थापा, दल बहादुर थापा, सु. लोकबहादुर थापा लगाएतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा पद्म प्राविका प्र.अ कृष्ण परियारले सञ्चालन गर्नुभएको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी