कराङकाठमा आजबाट फुटसल प्रतियोगिता

  • ख-
  • ख+

दमौली:तनहुँ फुटसल तथा बिच सकर समितिको आयोजनामा दमौलीमा आजबाट फुटसल प्रतियोगिता शुरू हुँदैछ । व्यास १ कराङ काठस्थित खेल मैदानमा शुरू हुने प्रतियोगिताको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले उद्घाटन गर्ने भएका छन् ।

करिब ३० टीम सहभागी हुने अपेक्षा गरिएको प्रतियोगितामा विजेताले नगद ३३ हजार तीन सय ३३ तथा उप विजेताले २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

हाई स्कोरार र म्यान अफ दि सिरिजलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको फाइनल शनिबार हुने समितिका सचिव युवराज भण्डारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी