रोज फाउण्डेसनद्वारा आदिकविलाइ सेनिटरी प्याड दिने मेशिन सहयोग

  • ख-
  • ख+

दमौली: आदिकवि भानुभक्त क्याम्पसलाई एक शुभेच्छुक संस्थाले सेनिटरी प्याड दिने दुई थान भेण्डिङ मेसिन सहयोग गरेको छ । रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाले सो मेसिनका अलावा प्रयोग गरेको प्याड जलाउने विद्युतिय मेसिन समेत दुई थान सहयोग गरेको क्याम्पसले जानकारी दिएको छ ।

सोही कार्यक्रममा एक बोरा सेनिटरि प्याड पनि हस्तान्तरण गरिएको थियो ।रोज बहिनी सृजनशिल महिला समाज तनहुँ शाखाकी अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रह्मदत्त तिमल्सेनाले सहयोगप्रति धन्यबाद दिए ।

फाउण्डेसनका अध्यक्ष माधव भण्डारीले रोज फाउण्डेसनले देश भरका १२० नगरपालिकामा किसोरी स्वास्थ्यमा काम गरेकोे र सो परियोजनावाट १० लाख किसोरीहरु लाभान्वित हुदै आइरहेका बताए ।सोही अवसरमा आदिकवि भानुभक्त क्याम्पस रोज वहिनि किशोरी क्लबको गठन गरिएको थियो ।

क्लबकी अध्यक्षमा कक्षा ११ कि तेजस्विता काफले र सदस्यमा विपना कुमाल, सुस्मिता तिमल्सेना, सोनिका तामाङ, प्रतिक्षा गुरुङ, जेनिशा सुर्खालि, मनिषा विक, प्रतिक्षा पन्थ, परिना श्रेष्ठ, पुर्णिमा कुमाल र वृन्दा वाग्ले रहेका छन । फाउण्डेसनका तर्फबाट समाजका केन्द्रीय अध्यक्ष विजयश्री रेग्मि र कास्किका अध्यक्ष लक्ष्मी कार्कि द्वयले कल्वका किसोरी विद्यार्थीहरुको रेखदेखमा क्याम्पस र छात्रावासका महिला सौचालयहरुमा जडान गरि सञ्चालनमा ल्याउने गरि क्लबलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरे।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख कल्पना लम्सालको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसका प्रशासनिक अधिकृत वसन्ति थापा आले मगर र छात्रावासका किसोरी विद्यार्थी समेतको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी