मध्यरातमा खसी बोका चोर्ने ४ पक्राउ

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले मध्यरातमा खसी बोका चोरेको आरोपमा चारजनालाई पक्रेको छ । विहान एक बजेतिर व्यास १ मुसेखोलास्थित ४१ वर्षका कमलबहादुर लुङगेलीको खोरबाट बाख्रा र पाठा चोरेपछि उनीहरुलाई बुधबार स्थानीयले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।


पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नं.४ भिरकोट बगैँचा निवासी १९ वर्षका सुमन नेपाली, व्यास नगरपालिका वडा नं.४ ट्याङकीडाँडा निवासी २३ वर्षका भरत सुनार, व्यास नगरपालिका वडा नं.५ साँगे निवासी १९ वर्षका सुमन कुमाल र व्यास नगरपालिका वडा नं.१ गल्बुबेशी निवासी २४ वर्षका रामचन्द्र पौडेल छन् ।


घरबाट चोरी भएको बाख्रा र पाठा खोज्ने क्रममा उनीहरुलाई स्थानीयले फेला पारेपछि पक्राउ गरेर चोरी मुद्दामा बिहिबार म्याद लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी