म्याग्देमा भुमि आयाेग कार्यालयकाे उद्घाटन

  • ख-
  • ख+


विकास खनाल
म्याग्देमा भुमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन इकाई मंगलबार उद्घाटन भएको छ । कार्यलयकाे प्रमुख अतिथि भुमि सम्बन्धि समस्या समाधान आयोग केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सदस्य एकवहादुर रानाले उद्घाटन गरे । कार्यलयकाे उद्घाटन गर्दै रानाले बास्तबिक भुमि हिनले मात्रै भुमि पाउने बताए । भुमि सम्बन्धि सबै समस्या समाधान गर्ने काम अायाेगकाे पहिलो प्राथमिकतामा पर्ने रानाको भनाइ थियो । बिशिस्ट अतिथि भुमिहिन सम्बन्धि समस्या समाधान अायाेग तनहुँका अध्यक्ष दधिराज सुवेदीले भुमिहिन ब्यक्तिलाइ जग्गा उपलब्ध गराइने तर हुकुमवासिलाइ नदिइने बताए । पार्टी र जाती नहेरि आयोगलेे काम गर्छ सुवेदीले भने । कार्यक्रममा
भुमिहिन सम्बन्धि समस्या समाधान अायाेगका सदस्य शान्ति कुँवरले आयोगमा निश्पक्ष तरिकाले राजनीतिलाई टाढा राखि काम गर्ने बताइन् । यस्तै विज्ञ सदस्य दिर्घबहादुर दरैले यस भन्दा अगाडि धेरै पटक धेरै आयोग गठन हुने , फेरि काम नहुँदै बिघटन हुने हुँदा सुकुम्बासी समस्याको समाधान हुन नसकेको तर यसपटककाे अायाेगले सबै काम पूरा गर्ने बताए । म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिका भित्रका भुमिहिन हरूलाइ भुमि दिलाउनकाे लागि निश्पक्ष तरिकाले तथ्यांक संकलन गरिने बताइन् । कार्यक्रममा म्याग्दे गाउँपालिका का उपाध्यक्ष बालकृष्ण घिमिरे , म्याग्दे गाउँपालीकाका प्रवक्ता एवम् म्याग्दे १ का अध्यक्ष शिवसरण वाग्ले लगायतका बक्ताहरूले बाेलेका थिए । गाउँपालीका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्वागत र इन्द्र प्रसाद खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित हरूलाइ अभिमुखिकरण समेत दिइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी