नारी दिवसमा म्याग्देको एकल महिलालाई उपहारः रातो टिका र पछ्यौरा

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका क्रममा गाउँपालिकाका एकल महिलालाई रातो टिका र पछ्यौरा दिएर सम्मान गर्ने भएको छ ।
फागुन २४ गते मनाइने दिवसका लागि गरिएको तयारी बैठकका क्रममा यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाले दिवसका क्रममा गाउँपालिकाका मावीस्तरीय छात्रा फुटबल प्रतियोगिता फागुन २१, २२ र २३ गते हुने भएको छ ।
एकल महिलाको सम्मान गर्ने कार्यक्रम २४ गते राखिएको अध्यक्ष मायादेवी रानाले बताइन् ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले अन्यत्र भन्दा फरक र प्रभावकारी कार्यक्रम गर्ने गरी दिवस मनाउने बताएका थिए ।

गाउँपालिकास्तरीय छात्रा फुटबल
गाउँपालिका स्तरीय मावि छात्रा फुटबल प्रतियोगितामा प्रथम , द्दितिय र तृतीय हुने टिमलाई क्रमश १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगदका साथै ट्रफी , मेडल दिइने शिक्षा साखा प्रमुख बुद्धिसागर खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी