स्वास्थ्यकर्मी संघ म्याग्देमा सुर्य कुमार

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे: नेपाल ट्रेड युनियन काङ्ग्रेसमा अावद्द नेपाल स्वास्थ्यकर्मी संघ म्याग्दे गाउँपालिका कमिटीको नयाँ कार्यसमिति गठन भएको छ ।

समितिकाे अध्यक्ष सुर्य कुमार श्रेष्ठ , उपाध्यक्ष सक्षम घिमिरे , सचिव राजकुमार श्रेष्ठ , काेषाध्यक्ष पवित्रा शर्मा भट्टराई , सहसचिव भेष बहादुर गुरूङ्ग रहेका छन् । सदस्यहरूमा सरस्वती थापा , करिना अछामि , सम्झना राना र नानुमायाँ अाले छन् ।

समितिकाे सल्लाहकारहरूमा डा . प्रदिप थापा , श्यामकृष्ण जाेशि रहेका छन् भने संरक्षकहरूमा तिलक घिमिरे , दिनेश पण्डित र पुर्ण बहादुर बाेटे रहेका छन् ।

यसअघि भएको कार्यक्रममा कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापा , कार्यपालिका सदस्य बद्रीका घिमिरे , स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे लगायतका बक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।

सुर्यकुमार श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा सक्षम घिमिरे तथा राजकुमार श्रेष्ठले पनि बोलेका थिए । २३ अाैँ स्वास्थ्य सेवा दिवसको समेत अवसर पारेर कार्यक्रम अायाेजना गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी