मृगौला फेल भएका विद्यार्थीलाई नेविसंघ आदिकविको २६ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः मृगौला फेल भएर उपचारको खोजीमा रहेका बीबीएस दोश्रो वर्ष अध्ययनरत सहपाठीलाई नेविसंघ आदिकवि भानुभक्त क्याम्पसको सक्रियतामा २६ हजार १५ रुपैयाँ सहयोग गरिएको छ ।


एकाईका पहलमा आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक, कर्मचारी र अध्ययनरत विद्यार्थी साथीहरुबाट संकलित रकम प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष जगत तिम्सिनाले बिरामी अनुप क्षेत्रीलाई हस्तान्तरण गरे ।


एकाई सभापति सुदर्शन पोख्रेलको नेतृत्वमा एकाईका पदाधिकारीहरुले सहयोग संकलन अभियान थालेका थिए । अभियानपछि अनुपको उपचार हुने आशा जागेको एकाई उपाध्यक्ष राजेशकुमार श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी