दुम्सीमा एम्बुलेन्स चलाउने तयारी

  • ख-
  • ख+


अर्थ संकलन अभियान थालिने
दमौलीः व्यास १० दुम्सीमा एम्बुलेन्स सेवा सुरु गर्ने रेडक्रसले तयारी गरेको छ । रेडक्रसको ५८ औं स्थापना दिवसको अवसर पारेर एम्बुलेन्स सेवाका लागि अभियान चलाउन लागेको रेडक्रस दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलले बताए ।


व्यास क्षेत्रमा सामुदायिकस्तरबाट सञ्चालित एम्बुलेन्स नभएकाले नगरपालिका र छिमेकमा समेत सेवा दिने गरी एम्बुलेन्स सेवा सुरु गरिने पौडेलले बताए । एम्बुलेन्स सेवा शुरु गर्न स्थानीयसँग अन्र्तक्रिया सकेको कुरा उप शाखा सचिब यम प्रसाद सापकोटाले बताए ।


एम्बुलेन्सका लागि अर्थ अभियान व्यवस्थित गर्न उपशाखाका सदस्य ईश्वर पौडेलको संयोजकत्वमा १५ सदस्यीय अर्थ संकलन उपसमिति समेत गठन भएको छ ।


समितिमा हरिभक्त अधिकारी, टिकाराम दाहाल, जीवन पोख्रेल, गोपाल गुरुङ, शिव बानियाँ, बलबहादुर शाही, गोपाल सापकोटा, लोकबहादुर थापा, ऋषिराम ढुंगाना, श्रीकृष्ण आचार्य, लक्ष्मी परियार, मीनबहादुर दराई, विशाल गिरी र सरिता बोटे छन् ।


उपशाखाका आजीवन सदस्यहरु, बुद्धिजीवी, टोल विकास संस्थाहरु, सामुदायिक वन उपभोक्ता समिति, सहकारी संस्थाहरु ल्गायतबाट सहयोगको अपेक्षा गरिएको अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले बताए ।

उपशाखाका पूर्व सभापति समेत रहेका व्यास नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्षको तुलसीराम सापकोटाले वडाले पनि अभियानमा वडा र नगरपालिकाका तर्फबाट सघाउन समन्वय गर्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी