देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ ।

देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् ।

पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको अधिवेशन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ । कोइरालाले यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेका थिए । साभारः अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्