आईजीपीलाई कारबाही होइन, जिम्मेवारी फेरबदल मात्र गरिएको हो : प्रवक्ता पोखरेल

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौँ :  सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी फेरबदल मात्र गरिएको बताएको छ ।

आज अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर जिम्मवारी दिइएको छ ।

मन्त्रिपरिषद् बैठकपछि निर्णयबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी सल्लाह दिन नयाँ पद सिर्जना गरिएको र यसलाई आईजीपी कार्कीले कारबाहीका रूपमा लिन नहुने बताए । साभारः कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्