दमौली : तनहुँको सदरमुकाम दमौली स्थित खेलकुद मैदानको प्याराफिटमुनि थुप्रिएको फोहोर सरसफाइ गरिएको छ।
सामाजिक अभियन्ता सुदिप गफ्फारको पहलमा प्याराफिटमुनि जम्मा भएको फोहोर तथा दिशा–पिसाबका कारण दुर्गन्ध फैलिन थालेपछि सरसफाइ अभियान सञ्चालन गरिएको हो।
लामो समयदेखि प्याराफिटमुनि फोहोर थुप्रिँदा क्षेत्र दुर्गन्धित बन्दै गएको थियो। सरसफाइ अभियानअन्तर्गत हालसम्म करिब तीन भागको दुई भाग क्षेत्र सफा गरिसकिएको छ भने बाँकी एक भागको सरसफाइ गर्न अझै बाँकी रहेको अभियन्ता गफ्फारले बताएका छन्।
उनले भने “खेलकुद मैदान सार्वजनिक स्थल भएकाले यसको सरसफाइ र संरक्षणमा सबैको सहयोग आवश्यक रहेको छ “।

















