आत्महत्या र दुव्र्यसनविरुद्ध काम गर्न निर्मल माविमा सुसभ्य समूह गठन

  • ख-
  • ख+

दमौलीः किशोरकिशोरीलक्षित सकारात्मक गतिविधि गर्नका लागि भन्दै निर्मल माविमा गण्डकी सुसभ्य समूह गठन गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा विद्यालयमा आयोजित कार्यक्रमका बीच समूह गठन गरिएको हो ।


व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व नगर प्रमुख तमबहादुर दरै, विद्यालयका शिक्षक तथा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, सहायक प्रधानध्यापक वीरबहादुर बस्नेत, शिक्षक चिरञ्जीवी पन्थ, विद्यार्थी प्रतिनिधि अलिशा बन्शी, राजेश विकलगायतले मन्तव्य राखेका थिए ।


शिक्षक अभिभावक संघ अध्यक्ष सृजना तिवारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम लगत्तै विद्यार्थीहरुले राजेश विकको अध्यक्षतामा सर्वसम्मत रुपमा समूह गठन गरेका छन् । समितिको उपाध्यक्षमा मनोज नेपाली र प्रमिशा शाही, कोषाध्यक्षमा सन्ध्या सेढाई तथा सहसचिवमा किसान थापा चयन भएका छन् ।


सदस्यहरु अलिशा बन्शी, पुनम बन्शी, फेसन थापा,पुर्णिामा गुरुङ, श्रीमाया मगर, चोलिमाया नेपाली र अन्जना राना चयन भएका छन् । व्यास नगरपालिका अन्तर्गत निर्मल माध्यमिक विद्यालयलाई छनोट गरि यस क्षेत्रमा सचेतना, सकारात्मक सोचको विकास गर्ने लक्ष्य आन्तरिक मामिला मन्त्रालयले राखेको छ । समूहले किशोरीहरुको सुरक्षा सम्बन्धि कार्यक्रम का साथै दूव्र्यसन, लैंगिक शिक्षाका साथै आत्महत्या विरुद्धका कार्यक्रमहरु सन्चालन गर्ने विद्यालयका शिक्षक चिरञ्जिवी पन्थले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी