पाटनमा क्रिकेट लिग शुरू

  • ख-
  • ख+

दमौली: परिवर्तन नेपाल तनहुँकाे अायाेजनामा क्रिकेट लिग सुरु भएको छ । व्यास ५ पाटनस्थित पराशर खेल मैदानमा सुरु भएको लिगकाे व्यास नगर पालीकाका मेयर बैकुण्ठ न्याैपानेले उद्घाटन गरे । लिगकाे उद्घाटन गर्दै न्याैपानेले स्वास्थ्यकाे लागि खेल अपरिहार्य रहेकाे बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष माेहनकुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष अाेमकार आचार्य लगायतले लिगको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

लिगमा ६ टिमकाे सहभागीता रहेको र प्रथम हुनेलाइ ६० हजार तथा द्दितिय पुरस्कार ३० हजार राखिएको क्लवका अध्यक्ष प्रदिप पाैडेलले बताए । त्यस्तै प्रतियोगितामा म्यान अफ द म्याच , म्यान अफ द टुर्नामेन्ट लाईलाइ समेत पुरस्कारकाे व्यवस्था गरिएको छ । अध्यक्ष प्रदिप पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सागर घिमिरे लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी