ज्येष्ठ नागरिकको आँखा शिविरमा ७ सय ८५ को परीक्षण

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले ज्येष्ठ नागरिकका लागि आयोजना गरेको आँखा परीक्षण शिविरमा सात सय ८५ को आँखा परीक्षण गरिएको छ ।


नगरपालिकाले गत मंगलबारबाट थालेको चार दिने शिविरका क्रममा सबै वडाबाट ज्येष्ठ नागरिक आँखा जाँचका लागि आएका थिए । अन्तिम दिन शुक्रबार मात्र झण्डै दुई सय ज्येष्ठ नागरिकले आँखा जँचाएका थिए ।


नगरपालिकाको शिविरमा औषधी तथा चस्मासमेत निःशुल्क पाइने भएकाले विभिन्न ठाउँबाट ज्येष्ठ नागरिक उपचारका लागि आएका थिए । बक्लो उपस्थितीका बीच शिविर भएको छ ।
त्यसक्रममा ६३ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् ।

नगरपालिकाले उनीहरु सबैलाई आईतबार अपरेशन शुल्क र खर्च समेत दिएर शल्यक्रियाका लागि पठाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
शिविरमा हिमालय आँखा अस्पतालका चिकित्सक डा. धर्मेन्द्र घोरासैनीले आँखा परीक्षण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्