कांग्रेस भन्छः पहिले नेकपा फुटोस्, अनि कदम चालौंला

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसले नेकपाको विभाजन भए नभएको प्रष्ट नभएकाले अहिल्यै सरकार बनाउने वा नबनाउनेबारे थप धारणा बनाउन आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा सहभागी कांग्रेस नेताहरुले नेकपा अहिले पनि प्राविधिक रुपमा विभाजित भै नसकेकाले पार्टीको आगामी गतिविधिका आधारमा थप धारणा तय गरिने बताए ।


बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुको पार्टी एउटै छ, अहिले देखिएको विवाद मात्र हो । उहाँहरुले यसबारे निर्णय गरेर आउनुपर्छ । बाहिर मात्र भनेर त हुँदैन नि । ’
उनले संसद बैठकमा नेकपाका नेताहरुको प्रस्तुतीका आधारमा थप कदम चालिने बताए । उनले नेकपा एक हुन पनि सक्ने भन्दै दुई अलग भए पछि मात्र कांग्रेसले आवश्यक धारणा बनाउन सक्ने बताए ।


उनले संसद बैठकमा नेकपाका नेताहरुको प्रस्तुतीका आधारमा थप कदम चालिने बताए । उनले नेकपा एक हुन पनि सक्ने भन्दै दुई अलग भए पछि मात्र कांग्रेसले आवश्यक धारणा बनाउन सक्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी