ऋषिङ राष्ट्रपति शिल्डमा शुक्लाको कब्जा

  • ख-
  • ख+

ऋषिङः लगातार तेश्रो पटक शिल्ड उचाल्दै शुक्ला मावि झापुटारले ऋषिङ गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको छ ।

शुरुवात देखि नै शिल्ड उचालिरहेको ऋषिङ १ झापुटारमा सञ्चालित प्रतियोगितामा सबैभन्दा धेरै अंक पाएको शुक्लाले १३ स्वर्ण, पाँच रजत, दुई कास्य गरी २० पदक प्राप्त गरेको छ ।


दोश्रो स्थानमा आएको शिव सरस्वती माविले पाँच स्वर्ण, दुई रजत तथा दुई कास्य गरी नौ पदक प्राप्त गरेको छ । यसैगरी बाल विकास माविले तीन स्वर्ण, तीन रजत तथा सात कास्य गरी १३ पदक पाएर प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ ।


प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । वडाध्यक्ष श्रीबहादुर आलेको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष गिनुमाया थापा तथा अन्य जन प्रतिनिधि लगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी