आगलागी र चोरीपीडित व्यवसायीलाई क्षेत्रीय होटल संघको ४० हजार सहयोग

  • ख-
  • ख+

दमौलीः क्षेत्रीय होटल संघ तनहुँले आगलागी तथा चोरीपीडित व्यवसायीलाई ४० हजार आर्थिक सहयोग गरेको छ । केही दिन अघि आगलागीमा परेको भिमाद नगरपालिका वडा नं ५ स्थित वानटाङ खोलास्थित रामबहादुर लम्साल तथा चोरीमा परेका गुणादीस्थित हाईवे रेष्ट पोइन्टका कृष्ण खनाललाई संघले घरैमा पुगेर आर्थिक सहयोग गरेको हो ।


भीमादको लम्साल खाजा घरमा केही दिन अगाडि आगलागी हुँदा कटेज, टेबल, कुर्सि , आदि जलेर क्षति पुगेको थियो । आवद्ध व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्य अनुसार सहयोग गरेको संघका अध्यक्ष राम जोशीले बताए ।


संघका वरिष्ठ उपाध्यक्ष विकास खनालले अप्ठेरोमा परेका जोकोही व्यवसायीलाई सहयोग गर्ने नीति रहेको बताए । संघले भीमादका होटल सञ्चालक लम्साललाई नगद ३५ हजार र म्याग्दे १ गुणादीको हाइवे रेष्ट पोइन्टका कृष्ण खनाललाई पाँच हजार रुपैयाँ नगद सहयोग गरेको संघका महासचिव चन्द्रकुमार कायस्थले जानकारी दिए ।


सहयोग हस्तान्तरण कार्यक्रममा भिमाद बजार ईकाइका सभापति अनिल श्रेष्ठ , क्षेत्रीय होटल सँघका सचिव चिजकुमार श्रेष्ठ , जिल्ला सदस्य बसन्त गैर्हे , भिमाद बजार इकाईका सचिव गणेश थापा , दमौलि इकाईका सदस्य गणेश खत्री लगायतको उपस्थिति रहेको थियो । संघले आफ्नो समस्यालाई बुझि सहयोग गर्न होटलमै आएकोमा पिडित लम्साल र खनालले खुसि ब्यक्त गरे । पीडित लम्सालले सहयोग पाउँदा खुशी प्रकट गरे ।

‘क्षेत्रीय होटल संघ साँच्चै दुःखको साथी रहेछ, घरमै आएर सहयोग दिनुभयो । साह्रै खुशी लागेको छ,’ पीडित लम्सालले भने । यस अघि पनि आवद्ध व्यवसायीलाई समस्या पर्दा निरन्तर सहयोग गर्दै आएको अध्यक्ष राम जोशीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी