एक लाख ३५ हजार पुरस्कार राशीको ऋषिङ कप भलिबलमा छिमेकका जिल्ला पनि सहभागी हुने

  • ख-
  • ख+

दमौलीः ठूलो पुरस्कार राशीका साथ ऋषिङ गाउँपालिकाले आयोजना गरेको प्रथम ऋषिङ अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

गाउँपालिकाले एक लाख ३५ हजार नगद पुरस्कार राखेको प्रतियोगिता ऋषिङ ४ थप्रेकस्थित महेन्द्रज्योति प्राविको खेलमैदानमा गर्दैछ । दोश्रो पुरस्कार ८० हजार र तेश्रोलाई ५० हजार राखिएकोमा गाउँपालिकाले व्यापक सहभागीता बढाउने अपेक्षा गरेको छ ।


फागुन १५ गते शनिबार शुरु हुने प्रतियोगिताका लागि तनहुँ तथा आसपासका तहबाट समेत स्थानीय तहको उपस्थिती बाक्लो पार्ने योजना गाउँपालिकाको छ । यसका लागि आवश्यक सबै तयारी भैरहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ऋषिङ क्षेत्रमा भलिबल खेल अत्यधिक लोकप्रिय छ ।


तनहुँ जिल्लामा हुने विगतका प्रतियोगिताहरुमा त्यस क्षेत्रका खेलाडिले उत्कृष्ट प्रदर्शन समेत गर्ने गरेका थिए । गाउँपालिकाले आफ्नो खेलको पहिचान र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा बाक्लो टिम सहभागीताका लागि प्रयास भैरहेको प्रचार समितिका सदस्य सचिव दानबहादुर श्रेष्ठले बताए । शनिबार शुरु हुने प्रतियोगिताका लागि शुक्रबार साँझसम्म टिम दर्ताको अवधि राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी