सपनाको व्यापारी ओलीले हाट बजारमा पानीजहाज र सीमाको व्यापार गरेः वाग्ले

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले सपनाको हाट बजारमा राष्ट्रियता र सीमानाको व्यापार गर्न खोजेको आरोप लगाएका छन् ।


प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि नेपाली कांग्रेस तनहुँले दमौलीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हु्न् ।
ओलीलाई उनले सपनाको व्यापारीको संज्ञा दिए । भाषणमा प्रखर मानिने वाग्लेले सर्वोच्च अदालतको फैसलाले देशलाई गलतमा जानबाट रोकेको बताए ।


पार्टी सभापति बैकुण्ठ न्यौपानेले सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्रीको असंवैधानिक कदमलाई रोक्न सकिएको बताए ।
नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको अध्यक्षतामा भएको कार्यक्रमममा नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ कार्यवाहक सभापति संविधान सभासद झुल बहादुर आले, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षत्रिय सभापति उदयराज गौली, नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्ले , नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणी खनाल लगायतले कार्यक्रममा बोलेका थिए ।

कांग्रेसद्धारा धन्यवाद
नेपाली कांग्रेस तनहुँले प्रधानमन्त्री ओलीका अलोकतान्त्रिक कदमविरुद्धका कार्यक्रममा साथ दिएको भन्दै जिल्लावासीलाई धन्यवाद दिएको छ । पार्टी सचिव विश्व बाँस्तोलाद्धारा जारी विज्ञप्तिमा सर्वोच्चको फैसलाको सम्मान गर्दै देशव्यापी विरोध कार्यक्रममा तनहुँवासीले देखाएको ऐक्यवद्धता र सहभागीताका लागि आभार प्रकट गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्