राष्ट्रपति रनिङ शिल्ड ऋषिङः भलिबलको फाइनलका लागि शिव सरस्वती र महेन्द्रोदय भिड्ने

  • ख-
  • ख+

ऋषिङ ः ऋषिङ १ झापुटारमा जारी राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताअन्र्तगत भलिबलतर्फको फाइनलमा शिव सरस्वती मावि ऋषिङ र महेन्द्रोदय मावि भिरकोट भिड्ने भएका छन् ।

सेमीफाइनलअन्र्तगत बुधबार भएको खेलमा बालबिकास मा बि भिर्कोट र शिव सरस्वती मा बि हवेलिडाँडाबीच भएको प्रतिष्पर्धामा शिव सरस्वती माविले जित हासिल गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । उसले २–१ ले जित हासिल गरेको हो ।


महेन्द्रोदय मावि राम्जाकोटले सहिदगंगा मावि काहुँशिवपुरविरुद्धको खेलमा २–१ को जित प्राप्त गर्दै फाइनल पुगेको हो ।

प्रतियोगिताको फाइनल बिहिबार हुने भएको छ । यसैगरी, तेश्रोका लागि बालविकास र सहिदगंगाबीचको खेलमा २–० ले विजयी हुँदै बाल विकास मावि तेश्रो भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी