यसपालीको सचिन स्मृति खुला दौड शनिबार, रुट दमौलीदेखि छाब्दीसम्म

  • ख-
  • ख+

दमौलीः आफ्ना दिवंगत संस्थापक सदस्य स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा रोट¥याक्ट क्लब अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिता यसपाली दमौलीदेखि छाब्दीसम्म हुने भएको छ ।

यस अघि दमौलीबाट घाँसीकुवासम्म दौड गर्दै आएको क्लबले यसपाली भने रुट परिवर्तन गरेर छाब्दीसम्म गर्न लागेको हो ।


दमौलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार अनशन चोकबाट शुरु दौड गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिनेछ ।
९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।


छाब्दी बाराही मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धनका लागि दौडले सहयोग पु¥याउने अध्यक्ष राजकुमार श्रेष्ठले विश्वास व्यक्त गरे ।
विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको रोट¥याक्ट क्लबका रोट¥याक्ट नेपाल जोन ३ का सचिव एवं कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।


पत्रकार सम्मेलनमा रोटरी क्लवका अध्यक्ष दामोदर भण्डारी, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले लगायतले सामाजिक काममा क्लबको योगदान सराहनीय रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी