पृथ्वी राजमार्गले आदिकविका विद्यार्थीलाई छुट दिने

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीलाई पृथ्वी राजमार्ग यातायात सञ्चालक समितिले छुट दिने भएको छ । क्याम्पससँग मंगलबार भएको सम्झौता अनुसार अब समितिले डुम्रे,नाहाला छिर्कने, कमलावारी, सोतीपसल, दुइपिप्ले छ बिसे, थर्पु र छाब्दि मोहोरियाटार हुदै क्याम्पस गेट सम्म विद्यार्थीहरुलाई विद्यार्थी सहुलियत भाडामा यातायत सुविधा दिने भएको छ ।


क्याम्पस पदाधिकारी र समितिका पदाधिकारीबीचको बैठकपछि सहमति भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।


वैठकमा क्याम्पसका तर्फवाट क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खले र कम्पन्नीका तर्फवाट निर्देशक ओम प्रकाश कार्की, क्षेत्रिय संयोजक विक्रम थापा, क्षेत्रिय सदस्य निर बहादुर मल्ल ठकुरी र दमौली स्थित कंपनिको कार्यालय प्रमुख शम्भु वस्नेतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी