‘महिलालाईं गर्ने व्यवहार सिकाउन पुरूषलाइ तालिम ‘

  • ख-
  • ख+

विकास खनाल
भिमादः
नेपाल महिला संघकी पुर्व केन्द्रीय सदस्य एवम् म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले महिलालाई गर्ने व्यवहारबारे पुरूषलाइ तालिम दिनुपर्ने बताएकी छन् । नेपाल महिला संघ भिमाद नगरपालिका वडा नं ५ द्वारा आयोजित महिला भेलामा प्रमुख अतिथि समेत रहेकि रानाले सो कुरा बताएकि हुन् । महिला अब धेरै अगाडि बढिसकेको , सक्षम बनेको तर घरमा पुरूसको अगाडि बोल्न नसकेको उनको भनाइ थियो ।

महिलालाइ कसरी हेर्ने कस्तो ब्यबहार गर्ने , समाजमा स्थापित कसरी गराउने भन्ने बारेमा पुरूसले गम्भीर भएर सोच्नुपर्ने र अवसर दिनुपर्ने रानाको भनाइ थियो । महिलालाई कसरी हेर्ने भनेर पुरूसलाइ सिकाउनको लागि पनि तालिम दिनुपर्ने रानाको भनाइ थियो । अब महिलाले उपमेयर , उपाध्यक्ष , वडासदस्य खोज्ने होइन , मेयर , अध्यक्ष खोज्ने हो रानाले भनिन् ।

काङ्ग्रेस नेता इन्दिरा खनालले कैयौं मानिसको बलिदानि बाट आएको लोकतन्त्र अहिले केपी वलि सरकारले जोखिममा पारेको बताइन् । बृद्धभत्ता ५ हजार दिन्छु भन्दै कम्युनिस्ट सरकारले झुठो आश्वासन बाँडेको तर ब्यबहरमा त्यो नभएको खनालको भनाइ थियो ।

यस्तै अर्का बक्ता चुडामणि खनालले घर घरमा ग्यास पाइप , रेल भन्दै कम्युनिस्ट सरकारले फोस्रा ठुलाठुला आस्वासन जनतालाई दिएको भए पनि परिणाममा कम्युनिस्ट सरकारले अस्थिरता भ्रस्टाचार , बलात्कार नेपाली जनतालाई दिएको बताए ।

कार्यक्रममा , रसमायाँ गुरूङ , यम खाँड , आनन्द देव श्रेष्ठ , चन्द्रकला भट्टराई , शिला घिमिरे , इश्वरि अधिकारी , शारदा गैर्हे , पार्वती वि क , रोमाया थापा , देवि सुवेदी , बिहिसरा राना , तारा अधिकारी लगायतका बक्ताहरूले महिला संघको बारेमा बोलेका थिए ।

मोनिका गैर्हे को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कल्पना गैर्हेले र स्वागत ज्योति गैर्हेले गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी