घर फर्कन चाहन्छन् भारतमा अलपत्र दमौलीका हरिबहादुर (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः दमौली घर बताउने अन्दाजी ६० वर्षका एक वृद्ध घर फर्कन चाहेका छन् । लामो समययता भारतमा अलपत्र जीवन बिताउँदै आएका हरिबहादुर पाण्डे अहिले भारतको गुजरात राज्यको सुरत स्थित मानव सेवा चेरिटेबल ट्रुष्टमा आश्रय लिइरहेका छन् ।


भारतमा रहँदै आएका नेपालीहरुले उनलाई भेटे पछि एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट समेत गरेका छन् । सामाजिक सञ्जालमा राखिएको पोष्टमा हरिबहादुरले आफ्नो घर तनहुँ दमौली भएको बताएका छन् ।

फेसबुकमा धर्मेश धमला खत्रीले राखेको भिडियोमा पाण्डे घर फर्कन चाहेको उल्लेख गर्दै उनलाई घर पठाउन आवश्यक सघाउन आफूहरु तयार रहेको बताइएको छ । भिडियोमा उनी कसरी भारत पुगेर अलपत्र परे भन्ने भने खुलेको छैन ।

भिडियो हेरेर चिन्नेले सम्पर्क नम्बर ( +918866322211धर्मेश धमला खत्री – +919558169065 )मा खबर गरेमा उनलाई घर फर्कने वातावरण मिलाउने खत्रीले उल्लेख गरेका छन् । यस अघि पनि भारतमा अलपत्र परेका केहीलाई नेपाल घर सम्पर्क गराएको उल्लेख गर्दै खत्रीले पाण्डेको परिवारसँग सम्पर्कमा सघाइदिन आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी