१४ किसानलाई व्यास नगरपालिकाको पावर टेलर उपहार

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले १४ किसानलाई पावर टेलर उपहार प्रदान गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बढीमा एक लाख मूल्यसम्मका ती पावर टेलर किसानलाई दिएको हो । बाँकी ६ जना सहित २० जनाले यस्तो उपहार पाउने नगरपालिकाले जनाएको छ ।


सोमबार नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा उप प्रमुख मिरा जोशीसहितका जनप्रतिनिधिको उपस्थितीमा पावर टेलर हस्तान्तरण गरिएको हो । नगर प्रमुख न्यौपानेले नगरपालिकाले व्यवसायिक कृषिमा लाग्न चाहनेलाई सघाउन सहयोग गरेको बताए ।


नगरपालिकाकी उप प्रमुख मिरा जोशीले कृषिमा लाग्न चाहनेका लागि नगरपालिकाले प्राथमिकता दिएको दाबी गरिन् ।


नगरपालिकाको आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्कीले नगरपालिकाले पावर टेलरका लागि नगरपालिकाले ५० लाख छुट्याएको र कुल ८० प्रतिशत अनुदानमा ४० लाखका दुई ठूला ट्याक्टर पनि प्रदान गरिने जानकारी दिए ।


वडामार्फत पनि यस्ता सहयोग वितरण भएको भन्दै उनले बाली विकासको पनि माग आएमा अनुदान उपलब्ध गराउन सकिने बताए । उनका अनुसार नगरपालिकाले झण्डै ३ करोड हाराहारीमा रकम कृषिमा विनियोजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी