प्रधानन्यायाधिश र प्रधान सेनापतीबीच ‘घोडा तबेलाको जग्गा’बारे छलफल

  • ख-
  • ख+

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटवार्ता घोडा तबेलाको जग्गाका विषयमा रहेको जंगी अड्डाले जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा दुईको भेट र परिवर्तित राजनीतिक परिवेशका विषयमा अड्कलबाजी भैरहँदा जंगी अड्डाले यस्तो बताएको हो ।


करिब एक घण्टाको वार्ता हाल सिंहदरवारमा रहेको घोडचढी पल्टनको जग्गा सर्वोच्च अदालतको नयाँ भवनसहितका संरचनाका लागि प्राप्तिका विषयमा भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

काठमाडौं प्रेसको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्