म्याग्दे गाउँपालिका द्वारा अपाङ्गता भएकालाई सहायक सामग्री वितरण

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : म्याग्दे गाउँपालिका द्वारा अपाङ्गता भएका ब्यक्तिहरूका लागि निशुल्क सहायक सामाग्री वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज काठमाडौंकाे सहयोगमा गाउँपालिकाले १४ वटा ह्विल चेयर , ६ वटा बैशाखि र ५ वटा सेताे छडि वितरण गरेको हाे ।

सहायक सामाग्री वितरण गर्दै प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शारीरिक रूपमा अपांग भए पनि मानसिक रूपमा सबै जना निकै सक्षम रहेको बताइन् ।

वितरण कार्यक्रममा बाेल्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले क्षमता हुँदाहुँदै पनि केही मानिसहरू अपांगताकाे अवस्थामा बस्नुपरेकाे बताए ।

राष्ट्रिय अपांग पुनस्थापना केन्द्रका सुगम भट्टराईले गाउँपालिकाकाे अनुरोधमा अाँफुहरूले सहायक सामग्री लिएर अाएकाे बताए । म्याग्दे गाउँ पालिका का प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी सहितको उपस्थितिमा भएको उक्त कार्यक्रमकाे सञ्चालन इन्द्रप्रसाद खनालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्