म्याग्दे समाज दमाैलीकाे अध्यक्षमा मनिराज

  • ख-
  • ख+

दमाैली: म्याग्दे समाज दमाैलीकाे प्रथम अधिवेशन एवं वनभाेज कार्यक्रम सनिवार सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिका वडा नं १ पाँचधारेमा भएको अधिवेशनले मनिराज थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा क्याप्टेन तारा मल्ल , सचिवमा विकास खनाल , सहसचिवमा कमला वाग्ले , काेशाध्यक्षमा रमा वाग्ले चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा हरिश्चन्द्र वाग्ले , सुक नारायण मल्ल , राजकुमार श्रेष्ठ वि वि , वलराम वाग्ले , शेर कुमार कायस्थ र देवी पाैडेल खनाल रहेका छन् ।

यसअघि भएको अधिवेशनकाे उद्घाटन गर्दै प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले समाज गठन हुनु अाँफैमा सकारात्मक काम भएको बताए । यसले अन्य पालिकाका मानिसहरू लाई समेत एकजुट हुन शन्देस दिएकाे न्याैपानेकाे भनाइ थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पाैडेल , म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , ब्यास नगर पालीकाका उपप्रमुख मिरा जाेशि , म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , रामकृष्ण विक लगायतका बक्ताहरूले सुभकामना मन्तब्य राखेका थिए ।

भाग्यशाली ढुंगानाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत मनिराज थापाले र सञ्चालन विकास खनालले गरेका थिए । म्याग्दे वाट दमाैली र अासपास बसाेवास गर्ने म्याग्देलि हरू लाई एकजुट गराउने र भाइचाराकाे सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले समाज गठन भएको सहभागीहरूले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्