गणित शिक्षा परिषद तनहुँमा नरेन्द्र न्यौपाने सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः गणित शिक्षा परिषद तनहुँको अध्यक्षमा नरेन्द्र न्यौपाने सर्वसम्मत चयन भएका छन् । दमौलीमा शनिबार सम्पन्न परिषदको छैटौं जिल्ला अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो ।


परिषदको उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमाः कृष्णप्रसाद तिवारी, सह–सचिवमा राजु ढकाल चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमाः पम्फादेवी श्रेष्ठ तथा सह–कोषाध्यक्षमा रामकाजी श्रेष्ठ चयन भएका छन् ।
कार्य समितिका सदस्यहरुमा राधा घिमिरे, प्रकाश काफ्ले, बेदबहादुर थापाा तथा मोहन बस्ताकोटी छन् । एक सदस्य पछि चयन गरिने बताइएको छ ।


परिषदका केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, मिनबहादुर कार्की तथा हरिश्चन्द्र घिमिरे चयन भएका छन् ।
परिषदका प्रदेश प्रतिनिधिहरुमा गजेन्द्र पौडेल, रबिराज पोख्रेल, कृष्ण बहादुर महत तथा सोमलाल रिमाल चयन भएका छन् ।


ज्ञानेन्द्र पन्डित निर्वाचन आयुक्त र पुर्ब स्रोत ब्यक्ति बेद्नाथ पोख्रेल सहयोगि रहनुभएको निर्वाचन समितिले समिति चयनको घोषणा गरेको हो ।

गणित शिक्षा परिषद्का केन्द्रीय महासचिब रमेशप्रसाद अवस्थाीले कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरुले विद्यार्थीको मन जितेर काम गरेमा शिक्षण पेशा कठिन र चुनौतीपुुर्ण नहुने बताए ।
परिषदका निवर्तमान अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, केन्द्रिय सदस्य ज्ञानेन्द्र न्यौपाने, पुर्व अध्यक्ष रामचन्द्र बगाले, केन्द्रिय सदस्य भोजराज कोइराला ,भक्तपुर अध्यक्ष कृष्ण गोसाइ, गण्डकी प्रदेश सचिव शरदचन्द्र खनाल, नेल्टा तनहुँ अध्यक्ष रामचन्द्र पोख्रेल ,नेपाली विषय समिती अध्यक्ष रुकमणि पौडेल, नेल्टा अध्यक्ष लालप्रसाद भट्टराई, परिषद्का उपाध्यक्ष अनिल श्रेष्ठ लगायतले बोलेका थिए ।


नवनिर्वाचित अध्यक्ष न्यौपानेले तीन वर्षे कार्ययोजना निर्माण गरी गणित शिक्षा परिषद्को उन्नयन र गणित शिक्षकहरुको पेशागत दक्षता अभिवृदिमा भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्