मुख्यमन्त्री कप भलिबलः तनहुँलाई गज्जबको सफलताः पुरुषमा प्रथम, महिलामा तेश्रो

  • ख-
  • ख+

दमौलीः पोखरामा सञ्चालित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा तनहुँले शानदार जित हासिल गरेको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा सञ्चालित प्रतियोगिताको फाइनलमा तनहुँको पुरुष टिम उपाधि विजेता तथा महिला टिम तेश्रो हुन सफल भएको हो ।
पोखरा रंगशालामा भएको फाइनल स्पर्धामा तनहुँले स्याङजाको टिममाथि जित हासिल गरेको थियो ।

बेस्ट अफ फाईभमा सञ्चालित प्रतियोगितामा ३–२ को सेटले स्याङजाको टिममाथि तनहुँले जित प्राप्त गरेको थियो । यससँगै टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार हात पारेको छ ।
बेस्ट अफ फाइभमा सञ्चालित प्रतियोगितामा पहिलो सेटमा स्याङजासँग हार खाए पनि दोश्रो र तेश्रो सेट जितेको तनहुँले चौथो सेटमा स्याङजा हावी हुँदा पाँचौं सेट पुनः जितेर नतिजा आफ्नो पक्षमा ल्याएको हो ।


प्रतियोगितामा पुरुषतर्फ तनहुँका खेलाडी मिलन चन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
बेस्ट स्पाईकर अशोक श्रेष्ठ, बेस्ट सेटर विवश आले घोषित भए । यसैगरी तनहुँ र कास्कीबीच भएको सेमिफाईनलमा कास्कीविरुद्ध ३–१ को सेटले तनहुँको छात्रातर्फको टिम विजयी भएर तेश्रो हुन सफल भयो ।


प्रतियोगिताको विजेता बनेको म्याग्दीले २ लाख प्राप्त गर्दा उपविजेता बनेको पर्वतले १ लाखमा चित्त बुझायो । तेस्रो बनेको तनहुँले ५० हजार पायो ।
दुई उत्कृष्ट महिला खेलाडी तनहुँका
प्रतियोगिताको छात्रातर्फको प्रतिस्पर्धामा बेस्ट स्पाईकर भलिबलतर्फकी राष्ट्रिय खेलाडि उषा भण्डारी र बेस्ट सेटर सत्यवती माविकी छात्रा अर्पणा खाँड ठकुरी तनहुँले पाएका छन् ।
आर्थिक अभावकाबीच प्रतिष्पर्धामा सहभागी भएकामा दुवैतर्फको उपाधिले सन्तोष दिएको भलिबल संघ तनहुँका सचिव अशोक गिरीले बताए । संघका अध्यक्ष पदम सुनार र सचिव गिरीले टिमलाई खेलमा सहभागी गराउन आर्थिक अभाव भए पछि सहयोग संकलन अभियान थालेर खर्च जुटाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी