
दमौलीः जेसिआई व्यास नगरले आफ्नो स्थापना दिवसको अवसर पारेर व्यास १ खकौलीस्थित बुद्ध दाहाल बहिरा आधारभूत विद्यालयका श्रवणशक्तिहिन बालबालिकालाई सहयोग गरेको छ ।
विद्यालयमै पुगेर क्लबले शुक्रबार ३० जना बालबालिकालाई शैक्षिक तथा खाद्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेतले बालबालिकालाई सम्झेर सहयोग गरेको भन्दै क्लबप्रति आभार प्रकट गरे ।

विद्यालयका प्रधानाध्यापक सूर्यचन्द्र हड्खलेले क्लबले गरेको सामाजिक क्रियाकलाप अरुका लागि समेत उदाहरण बनेको बताए । क्लबका अध्यक्ष लक्ष्मीभक्त खनालले क्लबले व्यक्तितत्व र नेतृत्व विकाससँगै समाजका विभिन्न क्षेत्रमा समेत निरन्तर सहयोग गरिरहेको बताए ।
कार्यकारी उपाध्यक्ष राजेश मल्ल, उपाध्यक्ष टिका मग्रातीलगायतले क्लबका बारेमा बोलेका थिए ।