स्वर्गीय भट्टराईको स्मृतिमा ‘उज्यालो घर’लाई सहयोग

  • ख-
  • ख+

सुमन श्रेष्ठ
दमौलीः
व्यास ३ निमचोक निवासी सुमन भट्टराई तथा हाल अमेरिकामा बस्दै व्यवसायी उत्तम भट्टराईले स्वर्गीय हरिभक्त भट्टराईको स्मृतिमा उज्यालो घर बालगृहलाई १० हजार रुपैयाँ सहयोग गरेका छन् ।


स्वर्गीय समाजसेवी भट्टराईका पुत्रद्वयले निधनको ४५ औं पुण्य तिथिको अवसरमा व्यास १० स्थित ‘उज्यालो घर’ बाल गृहलाई आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम गृहका सचिव आकाश खनाललाई हस्तान्तरण गरिएको थियो ।

भविष्यका कर्णधार बालबालिकालाई असल नागरिक बनाएर मार्गदर्शन गर्ने बालगृहमा पिताको सम्झनामा सघाउन पाउँदा खुशी लागेको भट्टराईले बताए । गृहका सचिव खनालले बालगृहका लागि सुभेच्छुकबाट आउने सहयोगले हौसला मिलेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी