सत्यवतीलाई छ खेलमा स्वर्ण

  • ख-
  • ख+

दमौलीः हाईस्कूलटारमा शुरु व्यास नगरस्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सत्यवती माविले सुखद् शुरुवात गरेको छ ।


व्यास नगरपालिकाको आयोजना तथा निर्मल माविको खेल मैदानमा शुरु प्रतियोगिताको शुरुवातका दिन आठवटा खेलमा विजेता टुंगो लागेको छ ।

प्रतियोगिताअन्र्तगत सत्यवती माविले छात्र र छात्रातर्फका गरी छवटा स्वर्ण पदक पाएको छ । सत्यवतीले १५ सय मिटर छात्रा दौड, ४ सय मिटरतर्फको छात्र र छात्रा दौड ४ सय मिटर छात्र रिले तथा सटपुटतर्फ छात्र र छात्रा दुवैतर्फको स्वर्णपदक पाएको छ ।


प्रतियोगितामा चण्डीदेवी राष्ट्रिय मावि बैरेनीले १५ मिटर दौडमा छात्र तथा ग्रीन स्टार अंग्रेजी बोर्डिङ चापाघाटले १०० मिटर दौड छात्रातर्फ स्वर्ण पदक पाएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिए ।


३० वटा खेलमा प्रतिष्पर्धा हुने प्रतियोगिताका विजेताले जिल्लास्तरीय प्रतियोगितामा नगरको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी