व्यास २ मा काैशि खेती तालिम

  • ख-
  • ख+

विकास खनाल

दमौली: नेपाल सरकार वन तथा वातावरण विभागकाे अार्थिक सहयोग र व्यास नगरपालिकाकाे अायाेजनामा सञ्चालन भएको सरसफाइ सम्बन्धमा काैशि खेती सम्बन्धि ३ दिने तालिम सुक्रवार बाट सुरु भएको छ । तालिमको ब्यासनगर पालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्दै स्वच्छ ब्यासनगर बनाउन काैशि खेतीले सहयोग पुग्ने बताए ।

कार्यक्रममा ब्यास २ का अध्यक्ष काशीराम श्रेष्ठले तालिमले सीप सिकाउनमा मद्दत पुग्ने बताए । साे अवसरमा वडा सदस्य टुकबहादुर हमाल , तउवा संघका महासचिव इमकुमार मल्ल लगायतले तालिम प्रभावकारी हाेस भन्ने सुभकामना दिएका थिए ।

न्युरोड टाेलका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकेा स्वागत कुमार कञ्चन जिसिले र सन्चालन भाग्यशाली ढुंगानाले गरेका थिए । कार्यक्रममा कुमार कञ्चन जिसि तथा भाग्यशाली ढुंगानाले सरसफाइ सम्बन्धि र काैशि खेति सम्बन्धि कल्पना गाैलिले प्रशिक्षण दिएका थिए । तालिम फागुन २ गते सम्म सञ्चालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्