व्यास नगरमा बस्दै आएका म्याग्देली एकजुट

  • ख-
  • ख+

दमौली: व्यास नगरमा बस्दै आएका म्याग्देली एकजुट भएका छन् । व्यापार, व्यवसाय तथा विभिन्न पेशामा आवद्ध दमौली बस्दै आएका म्याग्देवासीले म्याग्दे दमौली सम्पर्क समाज स्थापना गरेका छन् ।

समाजको प्रथम अधिवेशन फागुन ८ गते सनिबार म्याग्दे गाउँपालिका १ पाँचधारेमा हुने भएको छ । म्याग्दे ( साविक छाङ , मनपाङ र जामुने ) बाट व्यास नगरपालिका वडा नँ २ , ३ , ४ , ब्यास १ को भादगाउँ , हाइस्कुलटार , गल्वुबेशि , तालघरे , चारकुने खोल्सि सम्म , व्यास ५ को पाटन , चापाघाट , कन्टार र मोचावारि , पतेनीटार तथा साविक व्यास ८ को सीमाना सम्म आइ बसोबास पेशा तथा उद्योग व्यवसाय गर्ने व्यक्ति वा परिवारलाई म्याग्दे दमौली सम्पर्क समाजको सदस्य बनाइएको समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।

समाज र कार्यक्रमको बारेमा जानकारी गराउन घर दैलो गरिएको कार्यक्रमका संयोजक विकास खनालले बताए । समाजले सबै म्याग्देलीलाई आवद्ध हुन पनि अनुरोध गरेको छ । भाईचारा, दुःख सुखमा साथ सहयोग, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक कार्यमा आत्मियता जागरण गर्ने उद्देश्यका साथ समाज स्थापना गरिएको समाजका उपाध्यक्ष मनिराज थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी