दमौलीमा ‘अनधिकृत व्यापार गर्ने’लाई जरिवाना तिराएर छाडियो

  • ख-
  • ख+

दमौलीः दमौलीमा अनधिकृत रुपमा व्यापार गरेको भन्दै काभ्रेका एक व्यापारीलाई जरिवाना तिराइएको छ ।
भ्यानमा तन्ना बेच्न आएका ती व्यापारीलाई तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको टोली र व्यास नगरपालिकाले नियन्त्रणमा लिएको थियो ।


एकाईले बजारमा दर्ता नभएका व्यापारीलाई सामान बिक्री गर्न नपाइने नियम उल्लंघन गरेकाले व्यापारीलाई रोकिएको बताएको छ । सभापति राजकुमार श्रेष्ठ राकुले अब नियम उल्लंघन नगर्ने शर्तमा छाडिएको जानकारी दिए । एकाई सचिव दधिराज घिमिरेले बजारमा सामान बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएकामा एक पटकका लागि सम्झाएर पठाइएको बताए ।

नगरपालिकाले भने फुटपाथमा सामान बेचेको भन्दै व्यापारीलाई जरिवाना तिराएको छ । एकाईले दर्ता भएका व्यापारीले कर तिर्दे आए पनि फुटपाथ र विभिन्न भागबाट व्यवसाय दर्ता नभएका सामान बिक्री हुँदा मर्कामा परेको बताउँदै आएको छ ।

नगरपालिकाले फुटपाथमा सामान बेच्नेलाई कडाइ गरे पनि यस्ता व्यापारीलाई कारबाही नगरेको गुनासो व्यापारीले गरे पछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले तत्काल बैठक डाकेर कारबाही गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी