पेट्रोलियमको नयाँ मूल्यः आजबाट एलपीजी ग्याँसको भाउ १४ सय

  • ख-
  • ख+

काठमाडौंः हिजोसम्म खरिद गर्दै आएको मूल्यमा अब उपभोक्ताले पेट्रोलियम पदार्थ किन्न पाउने छैनन् । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अब खाना पकाउने ग्यास (एलपीजी)को मूल्य २५ रुपैयाँ बढेर प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ ।

बिहिबारबाट लागू भएको मूल्यवृद्धिअनुसार अब पेट्रोल, डिजेल र मट्टीतेलको बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको जनाएको छ ।

अब पेट्रोलको मूल्य राजधानी र आसपासका क्षेत्रमा एक सय १२, डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।

तर, हवाई इन्धनको मूल्य भने बढेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी