म्याग्देमा लक डाउन हट्यो

  • ख-
  • ख+

शेराफाँट ७ दिन शिल
म्याग्दे भदौ १७
म्याग्दे गाउँपालिकाले वडा नम्बर ६ को शेराफाँट बस्तीमा समुदायस्तरको संक्रमण देखिएकाले एक साता बस्ती शिल गर्ने निर्णय गरेको छ । वडामा समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले बस्तीवासीलाई सजगता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।


गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा यस अघि घोषणा गरिएको लक डाउन भने अब नथप्ने निर्णय गरेको प्रवक्ता शिवशरण वाग्लेले जानकारी दिए ।

उनका अनुसार जोखिम न्यूनीकरण गर्दै अब वडाका कार्यालयहरु तथा व्यापार र वित्तिय संस्थाका गतिविधि चल्नेछन् ।
गाउँपालिकाले दमौलीको कृषि विकास बैंक भवनमा सञ्चालित आइसोलेसनका लागि तीन लाख दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी