तान्द्राङ टक्सारका ३४ विद्यार्थीलाई रोटरीको शैक्षिक सामग्री

  • ख-
  • ख+

दमौलीः रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्रज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको हो ।

अध्ययनरत ३४ जना विद्यार्थीलाई ट्रयाक–सुट , जुत्ता, स्टकिङ्ग, मोजालगायतका विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

विद्यार्थीहरुका लागि जुत्ता र स्टकिङ्ग समाजसेवि तथा व्यापारी सुकनारायण मल्लले सौजन्य गरेका हुन भने अन्य सहयोग सामग्री क्लबकै तर्फबाट व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।


कार्यक्रमका प्रमुख अतिथि मध्य नेपाल–२का वडा अध्यक्ष पदमबहादुर थापाले सहयोगप्रति आभार व्यक्तगर्दै स्थानीय सरकारले गनुपर्ने काम क्लबले गरेको बताए ।

क्लबका अध्यक्ष दामोदर भण्डारीले नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरताबनाउने लक्ष्य लिएकोमा सरकारको अभियानलाई सघाउन रोटरीले विगतदेखि नै विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष सुरजकुमार मल्ल, पूर्व अध्यक्ष रजिनलालश्रेष्ठ, डिल्लीराम सुनार, वर्ष २०२१÷०२२काअध्यक्ष दिनेशकुमार श्रेष्ठ, दलित महिला वडा सदस्य आशा बर्यालकोटी, , मंगला माविका प्रअ, बिष्णुहरि बास्तोलालगायतले सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यालयका प्रअ मनबल्लबखनालले सञ्चालन गरेकाथिएभने स्वागत शिक्षक बसन्त गिरीले गरेका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ईमकुमार मल्ल, महेन्द्रकुमार श्रेष्ठ, नारायणमल्ल, सदस्यहरु प्रतापप्रसादश्रेष्ठ, योगिताश्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।


पूर्व अध्यक्ष डिल्लीराम सुनारको संयोजनमागरिएको क्लबले जनाएको छ । सुनारले आफुले बाल्यकालमापढेको विद्यालयको शैक्षिकबिकासमा सहयोग गर्न क्लबलाई अनुरोध गरेपछि सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए ।

यसअघि २ पटक सम्म क्लबले उक्त विद्यालयलाई सहयोग गरीसकेको छ । विद्यालयले रोटरी क्लबअफदमौलीलाई विद्यालयको आजिवन सदस्यता समेत प्रदान गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी