अब पाँच वर्षका लागि फेरि सांसद निर्वाचित हुन्छुः किसान श्रेष्ठ

  • ख-
  • ख+

भानु: विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफू पाँच वर्षका लागि फेरि निर्वाचित हुने दाबी गरेका छन् ।


भानुको पुरनडिहीमा नगर अस्पताल भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले डेढ वर्ष बाँकी छँदै प्रतिनिधि सभा विघटन भए पनि नआत्तिन आग्रह गरे ।

‘डेढ वर्ष गयो भनेर नआत्तिनुस्,’ उनले भने,‘अबको पाँच वर्षका लागि म तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित हुन्छु । डेढ वर्ष भन्दा पाँच वर्षतिर लागौं ।’


उनले ओली नेतृत्वको नेकपाले नै तनहुँका दुई प्रतिनिधि र चार प्रदेश सभा सदस्य सिट जित्ने दाबी गरे ।

दुई तिहाई दिएर केही हुन्छ भनेर विश्वास गरेर मत जनताले मत दिएर विश्वास अनुसार केही विकासका काम धेरै अघि बढ्दै गए पनि कांग्रेस नभै आफ्नै पार्टीबाट काम गर्न नदिने वातावरण बनाएकाले जनतामा गएको बताउँदै उनले प्रधानमन्त्री ओलीको पक्षमा वकालत गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी