व्यवसायी पण्डितले दिएको जग्गामा म्याग्दे ३ को भवन शिलान्यास

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे:
म्याग्दे गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवनको सोमबार शिलान्यास भएको छ । वडा भवनको शिलान्यास गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले राजनीतिक हिसाबले नभै आवश्यकताको आधारमा बिकास गर्ने गरेको भन्दै सबैलाई सकारात्मक सोचले कामको मुल्यांकन गर्न अनुरोध गरिन् ।


गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले घिमिरेले विकासका काममा गाउँपालिका तीव्र गतिमा अगाडि बढेको बताए । आँफुहरू जनप्रतिनिधि भएर आएपछि र अघि भएको काम हेर्न उनले आग्रह गरे ।


भवनका लागि जग्गा दिएका तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डितले आफू यही ठाउँको भएको र हाल बसाइको शिलसिलामा दुलेगौंडा रहेको भए पनि बुवाका पालादेखि सामाजिक सेवा र भावनाको छाप रहि आएको र आँफुपनि त्यही मान्यतामा रहेकोले जग्गा दान गरेको बताए ।

समाज विकासका लागि सकारात्मक सोच चाहिने भन्दै पण्डितले समाजमा १ रूपयाँ सहयोग नगर्नेले हिसाब खोज्ने गरेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले नगरपालिकाले गर्ने बराबरको काम गाउँ पालिकाले गरेको बताए ।


भ्याट बाहेक ४५ लाख ३० हजार ९ सय ३० रूपयाँमा ठेक्का सम्झौता गरेको जानकारी सो अवसरमा गराईएको थियो । वडा कार्यलय भवन हल सहित ४ कोठे बन्ने गाउँ पालिकाका प्राविधिक शिव ज्ञवालीले बताए ।


वडा अध्यक्ष श्रीबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी वडा अध्यक्ष पद्मराज वाग्ले, प्रेमबहादुर थापा सहित रामकृष्ण विक , रत्ना घिमिरे , पुर्णचन्द्र घिमिरे , केशव घिमिरे , उपेन्द्र घिमिरे, भिमकुमारि मगर, नवराज घिमिरे, सुरेन्द्र अधिकारी, वलराम भट्टराई, राधाकुमारी घिमिरे, मोहनसिंह खड्कालगायतले बोलेका थिए ।


कार्यक्रममा जग्गा दाता कृष्णराज पण्डित दम्पतीलाई सम्मान गरिएको थियो । उनले झण्डै एक करोड पर्ने तीन आना जग्गा भवनका लागि दान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी