फागुन ६ देखि ८ सम्म दमौलीमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता

  • ख-
  • ख+

दमौलीः दमौलीमा फागुन ६ देखि ८ गतेसम्म प्रजातन्त्र दिवसको अवसर पारी तेश्रो व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

व्यास नगर ब्याडमिन्टन क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । क्लबले दमौलीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा झण्डै डेढ सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको जानकारी दिएको छ ।

क्लबका अध्यक्ष कुमार गुरुङ ‘जीवन’ले व्यास नगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता गर्न लागिएको जानकारी दिए । प्रतियोगिता पुरुष तर्फ तीन र महिलातर्फ एक समूहमा हुने उनले जानकारी दिए ।

सबै खेल डबल्सका आधारमा खेलाइने भएको छ । दमौलीस्थित उत्तरशीला चलचित्र मन्दिरको हलमा हुने प्रतियोगितामध्ये ए श्रेणीको बिजेता मध्ये प्रथमलाई नगद ३०, दोश्रोलाई २० सान्त्वनालाई ६ हजार पुरस्कार प्रदान गरिनेछ ।

बी श्रेणीका बिजेता प्रथमलाई ३०, दोश्रोलाई २० र सान्त्वनालाई ६ हजार तथा
सी श्रेणीका बिजेतामध्ये प्रथमलाई १५ दोश्रोलाई १० र सान्त्वनालाई ४ हजार पुरस्कार प्रदान गरिनेछ । महिलाको बेग्लै प्रतिस्पर्धामा प्रथमलाई १० र दोश्रोलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विगतका तुलनामा बढी खेलाडी आउने र झण्डै पौने तीन लाख खर्चमा सम्पन्न हुने अनुमान आयोजकको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी