डिस होम किन्दा एक लाख पुरस्कार

  • ख-
  • ख+

दमौलीः डिस होम खरिद गर्दा भिमादका एक व्यक्तिले एक लाख पुरस्कार पाएका छन् । स्थानीय डिलर एटु जेड मोबाइल सेन्टरमार्फत डिस होम खरिद गरेका हर्क बहादुर मल्लले छुट कुपनमार्फत एक लाख पुरस्कार पाएका हुन् ।


कम्पनीले हरेक साता दुई जनालाई प्रदान गर्ने पुरस्कार उनले प्राप्त गरेको कम्पनीका गण्डकी एरिया इञ्चार्ज राजाराम पौडेलले जानकारी दिए ।

भिमादमा एक कार्यक्रम गरी मल्ललाई पुरस्कार हस्तान्तरण गरिएको छ । वडाध्यक्ष श्यामसुन्दर जोशीको उपस्थितीमा कम्पनीका प्रतिनिधि पौडेलले चेक मल्ललाई हस्तान्तरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी