सवारी लाइसेन्सको लिखित पास गर्नेले १८ महिनाभित्र ट्रायल दिन पाउने

  • ख-
  • ख+

काठमाडौं: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो । 

विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पु¥याइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी