विपन्न जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि जीवन सेवाको अभियान

  • ख-
  • ख+

दमौलीः आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि दमौलीको सामाजिक संस्था जीवन सेवा अभियानले छात्रवृत्ति वितरण गरेको छ ।


आदिकवि भानुभक्त क्याम्पसमा आईतबार आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ का पुर्व गभर्नर अशोककुमार श्रेष्ठले अभियानको सराहना गरे । उनले इच्छाशक्ति भएमा विद्यार्थीले जसरी पनि पढ्न सक्ने भन्दै उत्प्रेरणा दिए ।


व्यास ५ का वडा अध्यक्ष एवं नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले संस्थाको क्रियाकलापले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित विद्यार्थीको शिक्षा निरन्तरताका लागि उदाहरणीय काम गरेको भन्दै सघाउने प्रतिवद्धता जनाए ।


क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, उपाध्यक्ष, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, उद्योग वाणिज्य संघका कार्य समिति सदस्य सुरेश पुरीलगायत उपस्थित कार्यक्रममा युथ काङ्ग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना तथा युवा अभियान्ता अपार पौडेलले व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण दिएका थिए ।


अभियानका संस्थापक राजेशकुमार श्रेष्ठले अभियानलाई सहयोगीको खोजी गर्दै अझ व्यापक बनाउने प्रतिवद्धता जनाए ।
अभियानका अध्यक्ष पुजा सुनार तथा कोषाध्यक्ष प्रतिमा पण्डितले अभियानबारे बोलेका थिए ।
कार्यक्रममा क्याम्पसका स्ववियु पदाधिकारी, विद्यार्थी लगायत उपस्थित थिए ।

अभियानका संस्थापक राजेशकुमार श्रेष्ठले हालसम्म २०७५ सालमा स्थापित अभियानले हालसम्म २५ जना विद्यार्थीलाई एक लाख बढी छात्रृवत्ति वितरण गरिसकेको जानकारी दिए ।
आर्थिक रुपमा सम्पन्न विद्यार्थीले मासिक १० रुपैयाँ संकलन गरेर समेत रकम जुटाउने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी