ढुकुटीको ब्रह्मलुटबाट जोगाउन रेल ठेक्का रोकः पौडेल

  • ख-
  • ख+

काठमाडौं भदौ १७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलको ठेक्का हचुवाका भरमा निश्चित ठेकेदारलाई फाइदा हुने गरी गर्न लागिएको भन्दै रोक्न माग गरेका छन् । एक विज्ञप्ति निकाल्दै उनले निश्चित ठेकेदारलाई मात्र योग्य बनाएर ढुकुटीबाट ३५ अर्ब खर्चन खोजिएको भन्दै यसलाई अनुचित भनेका छन् ।


निश्चित ठेकेदारलाई मात्र योग्य बनाउने काम हुन लागेको भन्दै उनले यसबाट नीतिगत र संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन हुने दावी गरे ।


पौडेलले यस विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी