ऐनापहरो अपडेटः खोज्न नसकेपछि गोताखोर टोली फर्कियो

  • ख-
  • ख+

भदौ १७, आँबुखैरेनी

आँबुखैरेनी ४ ऐनापहरोमा सवारी खसेको आशंकाले खोज्न गएको सशस्त्र प्रहरीको टोली फर्किएको छ । पानीको बहाव उच्च रहेको र केही खोजी गरे पनि उपलब्धि हासिल नभएकाले टोली फिर्ता भएको आँबुखैरेनी प्रहरीले जनाएको छ । ‘पानीको बहाव धेरै भएकाले सोचेजस्तो खोजी हुन सकेन,’ ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्स्पेक्टर विकास थापाले भने,‘खोजविनमा समस्या भए पछि टोली फर्किएको छ ।’


मस्र्याङदी नदीको बहाव उच्च भएको र निकै गहिरो भएकाले पनि खोजविनमा समस्या देखिएको बताइन्छ । ‘गोताखोरले प्रयास गरे पनि नसक्ने अवस्था आएको देखियो,’ स्थानीय बादल थकालीले भने ।


बुधबार विहान पृथ्वी राजमार्गको सडक क्षेत्रमा पेटी भत्किएको देखिए पछि सवारी खसेको आशंका गरेर खोजविन थालिएको थियो । पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको सवारी खसेको हुनसक्ने आशंकाका बीच खोजी थालिएको थियो ।


अब प्राविधिक खोजी गछौंः प्रहरी
प्रहरी निरिक्षक विकास थापाले के खसेको र कसरी खसेको वा नखसेको यकिन नभएकाले अब प्राविधिक हिसाबले खोजी गरिने बताए । ‘हामीले राजमार्गको सीसीटीभी फुटेज हेरेका छौं,’ उनले भने,‘एउटा ट्रकका चालक सम्पर्कमा नभएको सुनिएकाले पहिला सोही ट्रक हो कि होइन यकिन गरेर थप खोजी अघि बढाउँछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी