दमौलीको प्रचण्ड–नेपाल सभाकी आकर्षण रामकुमारी झाँक्रीले भनिन्,‘ओलीलाई चिन्नै सकिएन’

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय चर्चा र विवादमा आएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री शनिबार दमौलीमा प्रचण्ड नेपाल खेमानिकट भ्रातृ संगठनले आयोजना गरेको विरोध सभाकी प्रमुख आकर्षण बनिन् ।


खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडाभ प्रतिक्रिया दिंदै आएकी झाँक्री वाकपटुतामा निपुण मानिन्छिन् । त्यसैले शनिबारको सभामा स्थायी कमिटी सदस्य वर्षमान पुन भन्दा पनि धेरै चर्चा झाँक्रीको थियो ।


उनलाई कांग्रेस निकट सुभेच्छुक संगठनको विरोध सभा सकिए पछि पुगेका नेता कार्यकर्ताले पनि सुनेका थिए । सभामा बोल्दै झाँक्रीले पहिलेझैं प्रधानमन्त्री एवं नेकपाको अर्को खेमाका अध्यक्ष ओलीप्रति कडा प्रहार गरिन् ।


‘केपी ओलीले पार्टी एकतामा ईमानदार नभै आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्नुभयो,’ उनले भनिन्,‘आफ्नो बहुमत नभए पछि कमिटि र संविधान नै नमान्ने व्यक्तिलाई हामीले चुन्यौं ।’
उनले समयमै चिन्न नसक्दा पार्टी अहिलेको अवस्थामा आएको बताइन् ।

‘पार्टी र सरकार चलाउन चलाउन बिरामी हुने तर गुट चलाएर ३ घण्टा भाषण गर्दा केही नहुने,’ उनले भनिन् ।
‘अब ओली प्रवृत्तिसँग पनि लड्ने दिन आएको छ,’ उनले भनिन्,‘हामी पहिले पनि लडेका थियौं र अब पनि लड्नेछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी