आन्तरिक पर्यटन पुनरुत्थान समिति तनहुँकाे अध्यक्षमा विकास

  • ख-
  • ख+

दमौली: आन्तरिक पर्यटन पुनरुत्थान समिति तनहुँकाे अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन भएका छन् ।

समितिकाे उपाध्यक्षमा विपिन प्रधान , सचिवमा किशन प्रधान , काेशाध्यक्षमा फुलमति थापा रहेका छन । त्यस्तै सदस्यहरूमा रामचन्द्र खड्का , सुजन अधिकारी , सुजन श्रेष्ठ , अरूण श्रेष्ठ र संगिता प्रधान  रहेका छन । 

आन्तरिक पर्यटन पुनरूथान समिति ( गण्डकी प्रदेश ) का संयोजक अग्नि कंडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहसंयाेजक संजयकान्त सिग्देल तथा  सदस्य सचिव विमल कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संयाेजक कंडेलले तनहुँ जिल्लामा आन्तरिक  पर्यटन सम्बन्धि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरि काेभिड १९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताएका थिए ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र , पर्यटनविद हरिसिंह गुरूङ , तनहुँ उवासंघ बन्दीपुर सभापति बैँश गुरूङ , क्षेत्रीय हाेटल संघ तनहुँका संस्थापक अध्यक्ष  राजकुमार श्रेष्ठ , बन्दीपुर सभापति विपिन प्रधान , डुम्रे सभापति रामचन्द्र खड्का लगायतले सफलताकाे सुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह , पर्यटन संघ संस्था लगायत संग समन्वय गरि आन्तरिक पर्यटनलाई माथि उकास्ने बारेमा आफू र आफ्नो टिमले काम गर्ने बताए । समितिकाे पहिलो बैठकले ३ जनालाई सल्लाहकारमा समेत चयन गरेको छ ।

हरिसिँह गुरूङ , बैकुण्ठनाथ मिश्र र बैँश गुरूङलाई बैठकले चयन गरेको हाे । गण्डकी प्रदेश सदस्य राम जाेशिले सहजिकरण गरि उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्